सोमबार, माघ २३ गते २०७९

पुँजीबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ

images
images
पुँजीबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ

यसको उत्पादन क्षमता र आम्दानी भनेको फिक्स छ।तर, पुँजीबजारमा जलविद्युत कम्पनीको सेयर कारोबार भएको मूल्यले त्यो विषयलाई संकेत नै गर्दैन।निर्माण नै नभएका जलविद्युत कम्पनीसमेत नेप्सेमा सूचीकृत छन्।यसले नेपाली धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता सुरक्षित छैनने भन्ने बुझिन्छ।

images
images
images

काठमाडौं - अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ।त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो।त्यसका साथै पुँजीबजारमा सूचीकृत कम्पनीको विविधता नभएकाले पनि धितोपत्र बजारमा कारोबारी हाबी हुँदा धेरै उतारचढाव आउने गर्छ।

images
images
images

नेपालको अर्थतन्त्र हेर्दा सीमित व्यक्ति वा समूहको नियन्त्रणमा रहेको छ।ती व्यावसायीक घरानाको व्यापार–व्यवसायले अर्थतन्त्रलाई गति दिँदै आएको छ।अर्थतन्त्रलाई नै नियन्त्रणमा राख्ने व्यावसायिक घरानाका कम्पनीलाई धितोपत्र बजारमा ल्याउनु आवश्यक देखिन्छ।यस विषयमा सरकारले पनि गम्भीररूपमा सोच्नुपर्ने समय भएको छ। सीमित व्यक्तिको नियन्त्रणमा रहेका कम्पनी पुँजीबजारमा आएको खण्डमा सर्वसाधारणको सहभागिताले अर्थतन्त्रलाई नै गति दिने निश्चित छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि सीमित समूहको नियन्त्रणबाट अर्थतन्त्र बाहिर ल्याउने बलियो माध्यम भनेकै पुँजीबजार हो।पछिल्लो उदाहरण हेर्दा पनि भारतमा सीमित व्यक्ति वा समूहको नियन्त्रणमा रहेका धेरै कम्पनी पुँजीबजारमा आएका छन्।

त्यसले त्यहाँको पुँजीबजार मात्र नभई अर्थतन्त्रलाई नै गति प्रदान गरेको देख्न सकिन्छ। त्यतिमात्र नभई अन्तर्राष्ट्रिय पुँजीबजारसँग समेत जोडिन मद्दत गरेको छ। विश्व सेयर बजारमा आएको उतारचढावले भारतीय पुँजीबजार पनि प्रभावित हुने गर्छ।तर, नेपालको पुँजी बजारका सन्दर्भमा त्यस्तो हुन सकेको छैन।

नेपालको पुँजीबजार अन्तर्राष्ट्रिय बजारसँग नजोडिनुका धेरै कारण मध्ये ठूला व्यावसायिक घरानाका कम्पनी नआउनुलाई पनि लिन सकिन्छ। धितोपत्र बजारमा सहभागी कम्पनीको विविधताका लागि पनि सरकारले त्यस्ता समुदायका कम्पनीलाई बजारमा ल्याउनुपर्छ।

पछिल्लो समय नेपाली पुँजीबजारमा देखिएको उतारचढाव भने अन्तर्राष्ट्रिय बजारसँग मेल खान जान्छ। त्यसको मुख्य कारण भनेको विश्वअर्थतन्त्रमा देखिएका एकपछि अर्का समस्या हुन्। कोरोना महामारीका कारण विश्वअर्थतन्त्रको माग र आपूर्ति संरचना नै खल्बलिन पुग्यो।त्यसको लगत्तै रुस र युक्रेन युद्ध पनि एक कारणका रूपमा देखापरेको छ। त्यसका साथै पछिल्लो समय चीनको जिरो कोभिड नीतिले विश्व आपूर्ति शृंखलामा थप असर पुगेको छ।अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आगामी वर्षसमेत विश्वअर्थतन्त्र खुम्चिने प्रक्षेपण गरेको छ।तर, नेपालको सन्दर्भमा भने सुधार हुने अनुमान कोषको छ।

नेपाली अर्थतन्त्रमात्र नभई पुँजीबजारकै कुरा गर्दा अन्तर्राष्ट्रिय आबद्धता छैन।नेपाली सेयर बजार र छिमेकी मुलुक भारतकै पुँजीबजारको ‘कोरिलेसन’ हेर्दा पनि ५० प्रतिशतजति मात्र देखिन्छ।कुनै समय यस्तो सम्बन्ध नकारात्मक पनि थियो।यसले पनि देखाउँछ कि पुँजीबजारका सन्दर्भमा हामी विश्वबजारसँग जोडिएका छैनौं।

अन्तर्राष्ट्रिय बजारसँग सम्बन्ध नहुँदा अवसर र चुनौती दुवै हुन्छ।वाह्य बजारसँग सम्बन्ध नभएपछि आन्तरिकरूपमा मात्र पुँजीबजार अगाडि लैजान सक्छौं कि सक्दैनांै भन्ने प्रश्न आउँछ।सममान्यतः अर्थतन्त्रअनुसार नै पुँजीबजारमा उतारचढाव आउनुपर्ने हो।कोरोना महामारीमा सबै मानिस घरभित्र थुनिएसरह भयो।त्यो समयमा के गर्ने भन्ने अन्योलतामा सेयर बजारमा लगानी विकल्प बन्यो।बजार बढिरहेको अवस्था छ केही हुन्छ कि भनेर लगानी गर्नेको संख्या बढ्दै गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँ उचाइ बनाउँदै गयो।तर, त्यो वृद्धि  अर्थतन्त्र तथा सूचीकृत कम्पनीको कार्यसम्पादनमा सुधार आएका कारण नभई विचार गर्न गरिएको लगानीको कारण हो।

आधारभूत विश्लेषण नगरी पुँजीबजारमा लगानी बढाएको हो भन्ने पुष्टि पछिल्ला दिनमा आएको गिरावटले स्पष्ट हुन्छ।नेपाली पुँजीबजारमा मात्र नभई विश्वका अधिकांश सेयर बजार सूचक अहिले घट्दो गतिमा देखिएका छन्।यसको मुख्य कारण भनेको हेरौं न भनेर गरिएको लगानीका नतिजा हो।नेप्से सूचक ३२ सयसम्म पुगेर १८ सयसम्म झरेको अवस्था छ।बजार घट्ने बढ्ने त हुन्छ नै। पुँजीबजारको मुख्य आधार भनेको अर्थतन्त्र नै हो। अर्थतन्त्रअनुसार नै पुँजीबजार चल्ने हो। सोअनुसार बजार चलेको छैन भने त्यहाँ विकृति हाबी छन भन्ने बुझ्नुपर्छ।

पुँजीबजारले देशको अर्थतन्त्रका अवस्था पनि झल्काउँछ। अर्थतन्त्र नै अन्यौलमा हुँदा समेत पुँजीबजारले नयाँ उचाइ बनाउनु भनेको विकृति हो। धितोपत्र बजारमा दिर्घकालीन सोचेर लगानी गर्ने व्यक्तिले अर्थतन्त्र, बजारको अवस्था तथा आफूले सेयर किन्न लागेको कम्पनीका आधारभूत पक्ष विश्लेषण गर्छ। अल्पकालीन लगानी गर्नेले कारोबार गर्ने हो। पुँजीबजार भनेको सूचनाको पनि खेल हो। बजारमा आएका हल्ला आधार मानेर सेयर खरिद बिक्रीको निर्णय गर्दा कमाउन पनि सकिन्छ र गुमाउन पनि सकिन्छ।

अहिले पुँजीबजारमा ‘स्पेक्युलेटिभ बबल’ बिस्तारै घट्दै गएको छ। सेयर बजारमा लगानी गर्दा मुख्यतः अहिलेको र भोलिको मूल्य हेर्ने गरिन्छ। कुनै पनि स्टके खरिद बिक्रीको निर्णय आजको र भाविष्यको भ्यालुलाई आधार बनाएर गरिन्छ। भविष्यमा दिने भ्यालुलाई प्राथमिकतामा राखेर लगानी गर्दै जाँदा मूल्य बढ्दै जान्छ। तर, भविष्यको भ्यालु अनुमान गरिएअनुसार नहुँदा स्टक मूल्य घट्न जान्छ। धितोपत्र बजारमा बढ्ने वा घट्ने भनेको आवश्यकताभन्दा धेरै महत्व दिने भएकाले हो।आवश्यकताभन्दा धेरै महत्व दिए पनि बजार सूचकमा ‘पिक्स एन्ड बबल’ सिर्जना हुन्छ। यसमा लगानीकर्ताले कस्तो व्यवहार गरको छ भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ।सबै लगानीकर्ताले आधारभूत विश्लेण गरेर लगानी नगर्ने भएकाले पनि यस्तो अवस्था आउने गर्छ।

नेप्सेमा रहेको जलविद्युत समूहलाई उदाहरणका रूपमा लिएर लगानीकर्ताले किनबेच गर्ने व्यवहार हेर्न सकिन्छ।जलविद्युत भनेको ‘फिक्स्ड इनकम’ जस्तै हो।एउटा आयोजनाको अवधि ३५ वर्ष हुन्छ।पाँच वर्ष निर्माणमा जान्छ।बाँकी ३० वर्ष भ्यालु खाने हो।यसको उत्पादन क्षमता र आम्दानी भनेको फिक्स छ।तर, पुँजीबजारमा जलविद्युत कम्पनीको सेयर कारोबार भएको मूल्यले त्यो विषयलाई संकेत नै गर्दैन।निर्माण नै नभएका जलविद्युत कम्पनीसमेत नेप्सेमा सूचीकृत छन्।यसले नेपाली धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता सुरक्षित छैनने भन्ने बुझिन्छ।

धितोपत्र बजारमा इक्विटीको मात्र कारोबार हुने गरेको छ।सरकारको नेतृत्व गर्ने व्यक्तिका कमजोरीका कारण धितोपत्र बजारमा विविधता आउन नसकेको हो।सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गर्नुपर्ने हो।नेतृत्वमा दुरगामी भिजन नहुँदा असर पुँजीबजारमा समेत देखिएको छ।शिक्षा र स्वास्थ्यले क्षमतावान जनशक्ति दिन्छ।पूर्वाधारले औद्योगिक वातावरणको विकास हुन्छ।त्यसले धितोपत्र बजारमा पनि विविधिकरण ल्याउने तथा डेब्ट मार्केटको समेत विकास गर्न सकिन्छ।त्यसका साथै नेतृत्व समयअनुसार चल्ने हो भने पनि धेरै समस्या समाधान भएर जान्छ।पछिल्लो समय प्रविधिमा लगानी बढाएर आइटी कम्पनीलाई  प्रोत्साहन गर्नुपर्छ।त्यस्ता कम्पनी धितोपत्र बजारमा आएको खण्डमा अन्तर्राष्ट्रिय बजारसँग समेत सम्बन्ध स्थापित हुने अवस्था सिर्जना हुन्छ।अहिले नेप्सेमा आइटी क्षेत्रको कुनै पनि कम्पनी सूचीकृत छैनन्।नेपालको पुँजीबजारमा फुडमान्डु, ई–सेवाजस्ता कम्पनी सूचीकृत गराउने विषयमा सरकारले ध्यान दिनुपर्छ।

नेपालको समग्र अर्थतन्त्र नै थोरै व्यावसायिक समूहको नियन्त्रणमा छ।यस्तो नियन्त्रणलाई सरकारले पुँजीबजार प्रयोग गरेर बाहिर ल्याउनुपर्छ।सरकारले त्यसो नगरेको खण्डमा नयाँ उद्योग मर्ने तथा इनोभेसन नै समस्यामा पर्न सक्छ।सरकारले १ अर्ब चुक्ता पुँजी भएको वा वर्षमा ५० करोडदेखि १ अर्बको कारोबार गर्ने कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने व्यवस्था बजेटमार्फत ग¥यो।तर, त्यसको कार्यान्वयन हुन सकेन।नीति राम्रा भए पनि कार्यान्वयन हुन नसक्दा पनि नेपाली पुँजीबजार पछि परेको हो।

(शाही एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल्स इन नेपालका अध्यक्ष हुन्।)

images

प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०२:३२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ