काठमाडौं- बिहीबारको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर बजार परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको छ।
बुधवार पनि सेयर बजारमा झिनो अंकले गिरावट आएको थियो। बुधवार पनि ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेको सीमित भएको थियो।
बिहीबार सेयर कारोबारमा पनि वृद्धि भएको छ। नेप्सेका अनुसार बिहबार १ अर्ब ३२ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बुधबार ८४ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो।
बिहीबारको सेयर बजारमा १०७ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको कम्पनीको सेयर मूल्य घटेको छ।
बिहीबार सबैभन्दा धेरै नबिल बैंकको सेयर कारोबार भएको छ। नेप्सेका अनुसार बिहीबार नबिलको सेयर १४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ।