मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

महाकाली सिंचाइ आयोजना : पानी ल्याउने विषयमा भारतसँग कुरै भएन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १५ २०७९
images
images
महाकाली सिंचाइ आयोजना : पानी ल्याउने विषयमा भारतसँग कुरै भएन 

उनले हाल निर्माणाधीन मूलनहरको केही स्थानमा प्राविधिक समस्या देखिएकोले सो विषयमा आयोजनाको ध्यान दिएको जानकारी दिए। 

images
images

महेन्द्रनगर- महाकाली सिंचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए  नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन। गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो।  

images
images
images

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजना तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ। महाकाली सिंचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसित कुराकानी नभएको बताए।

images
images

उनले हाल निर्माणाधीन मूलनहरको केही स्थानमा प्राविधिक समस्या देखिएकोले सो विषयमा आयोजनाको ध्यान दिएको जानकारी दिए। 

images
images
images

'गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरो भएको छैन' उनले भने,'पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो छैन।'

विसं २०६४ देखि सुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूलनहर निर्माण भएको थियो । पछिल्लो समय आयोजनाले गति लिएको इञ्जिनीयर पण्डितको भनाइ छ । २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो।

एक सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ ।


तेस्रो पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि हाल एक अर्ब २४ करोड रकम विनियोजित छ । त्यसैगरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनीयर पण्डितले जानकारी दिए। रासस


     

 

 

 

 

 


प्रकाशित : बिहीबार , मंसिर १५ २०७९०८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend