शनिबार, वैशाख ८ गते २०८१    
images
images

एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जामन्त्री

images
बिजनेस न्युज
images
एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जामन्त्री

'बत्तिमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन्। अब विद्युतको चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौँ।'

images
images

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छिन्। उनले भनिन्, 'एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्तापित गरौँ।'

लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले अगाडि भनिन्, 'बत्तिमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युतबाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन्। अब विद्युतको चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युतको अधिकतम प्रयोग गरौँ।' सामाजिक एवं आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै उनले सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युतको प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको बताइन्।

आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने विश्वास दिलाउँदै उनले सबै ठाउँमा ऊर्जाका रुपमा जलविद्युतको प्रयोग गर्न आग्रह गरिन्। स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय संहालेपछि महशुल दरमा कमी गरेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, 'खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको छ। अब एलपी ग्यासको भन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ।'

ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजया दशमी, दीपावली, नेपाल सम्बत ११४२ तथा छठ पर्वका  उपलक्ष्यमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनी रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी गराइन्। आफ्नो निर्णयले ग्रामीण जनताका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास उनको थियो।

कृषि क्षेत्र मुलुकको आर्थिक आधार भएको उल्लेख गर्दै मन्त्री भुसालले खेतियोग्य जमिनमा सिँचाइ पुर्‍याउने र त्यसका लागि आवश्यक पर्ने विद्युतमा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पारिन्। उनले भनिन्, 'सबै खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउन सके, उत्पादन र उत्पादकत्व बढ्छ र वार्षिक दुई खर्बको कृषिजन्य आयात न्यूनीकरण गर्न मद्दत पुग्छ र व्यापारघाटा कम भई देशको आर्थिक एवं सामाजिक क्षेत्रमा योगदान दिनेछ।'

images
images
images

महालक्ष्मी नगर कपडा उद्योगले परिचित क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा टेक्स्टाइल उद्योगका रुपमा विकास गर्न आग्रह गरिन्। उनले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाइन्। चाडपर्वले कर्तव्यबोध गराउने उल्लेख गर्दै मन्त्री भुसालले परिवारिक सम्बन्धमात्र होइन घर, समाज र राष्ट्रप्रति एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

images

images

प्रकाशित : आइतबार, असोज २४ २०७८०८:१७
प्रतिक्रिया दिनुहोस