काठमाडौं- पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा ठूलै संकट देखिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अहिलेकै अवस्थाले अर्थतन्त्रलाई राम्रो बाटोमा नलिने समेत बताए।
‘अब पनि फेरि राजनीतिक अस्थिरताको जोखिम देखिएको छ, जबसम्म नीति निर्माणको सन्दर्भमा आफ्ना सोच लाद्ने सोचबाट अघि बढ्न सकिँदैन,’ पौडेलले भने। सवै सरोकार र हिस्सेदारलाई एक ठाउँमा राखेर छलफल गर्नुपर्ने समेत पौडेलले बताए।
कानून, संस्था के बदल्ने हो त्यसमा एकमत बनाउन सकिने समेत पौडेलको भनाई छ। ‘निजी क्षेत्रले गुनासो गर्ने तर सरकारले वास्ता नगर्ने अवस्थाबाट अघि बढ्न सकिँदैन,’ पौडेलले भने।
सरकारले पहल लिनुपर्ने भएकोले साधारण समस्याको समाधान साधारण हुने तर अहिले अर्थतन्त्र असाधारण समस्याको डिलमा पुगेको समेत उनको भनाई छ। ‘निजी क्षेत्रको विश्वास टुट्न लागेको छ, यसले जतिबेला पनि हात उठाउन यो खतरानाक छ,’ पौडेलले भने।