काठमाडौै-निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको छ।
मंसिर ४ मा मतदान भए पनि यी क्षेत्रको मतगणना हुन सकेको थिएन। बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए भने स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुनः मतदानको माग गरेको थियो।
आयोगको आज बसेको बैठकले स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको हो।