बिहीबार , मंसिर १३ गते २०८१    
images
images

बालेनको अभियानमा उपत्यका विकास प्राधिकरणको साथ, ३५ दिनभित्र अवैध संरचना हटाउन निर्देशन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १४ २०७९
images
images
बालेनको अभियानमा उपत्यका विकास प्राधिकरणको साथ, ३५ दिनभित्र अवैध संरचना हटाउन निर्देशन 

प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।

images
images

काठमाडौं-  काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन सार्वजनिक आव्हान गरेको छ। 

images
images
images

प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र  विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो। 

images

उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ ।

images

प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन(बालेन्द्र) शाहले यसअघि नै अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान चलाएका छन्। काठमाडौंको थापाथलिस्थित बागमती किनारमा बसेको सुकुम्बासी बस्ती हटाउने विषयमा विवाद समेत भएको छ। 

काठमाडौं महानगरकै योजनालाई सहयोग पुग्नेगरी प्राधिकरणले पनि सूचना प्रकाशित गरेको छ। रासस


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend