बिहीबार , मंसिर १३ गते २०८१    
images
images

ओलीलाई बालेनको सुझाव : नदीक्षेत्र संरक्षणमा अवरोध गर्न उक्साउने काम नगर्नुहोस 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १३ २०७९
images
images
ओलीलाई बालेनको सुझाव : नदीक्षेत्र संरक्षणमा अवरोध गर्न उक्साउने काम नगर्नुहोस 

जनता, नदीनाला र नेवा सभ्यता माया ओलीमा कतैबाट पनि नदेखिएको उनले बताएका छन्। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले बागमती नदि किनारको अतिक्रमण रोक्ने काममा अवरोध नगर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावानी दिएका छन्। 

images
images
images

महानगर तथा  अधिकार सम्पन्न बागमती सभ्यताले थापाथलीस्थित बागमती किनारमा बसेको सुकुम्बासी हटाउने काम अघि बढाएपछि झडप भएकक्षो थियो। सोही झडपको घटना लगत्तै एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिएका थिए। 

images

ओलीले महानगरको आलोचना गरेका थिए। 

images

ओलीको प्रतिक्रिया लगत्तै आफ्नो धारणा फेसबुकबाट सार्वजनिक गर्दै महानगरका मेयर बालेन्द्र शाहले ओलीले विरोध गर्नु अस्वभावीक नभएको बताएका छन्। 

'अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश्' उलने ओलीलाई सम्बोधन गर्दै लेखेका छन्। 

जनता, नदीनाला र नेवा सभ्यता माया ओलीमा कतैबाट पनि नदेखिएको उनले बताएका छन्। 

'यदि त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदि क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन' उनले उल्लेख गरेका छन्। 

राजनीतिक फाइदाका लागि सार्वजनिक स्थान कब्जा गर्ने र त्यसलाई संरक्षण गर्ने विगतको समय अब नहरेको प्रमुख शाहले उल्लेख गरेका छन्। 

'तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला' ओलीलाई सम्बोधन गर्दै बालेन्द्रले लेखेका छन्। 


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९१४:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend