काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य स्थिर छ।
सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेर ९७ हजार ४ रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबारका लागि चाँदीको मूल्य १२ सय ८५ रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।