बिहीबार , फागुन २९ गते २०८१    
बिहीबार , फागुन २९ २०८१
images
images

च्याङ्ग्राको माग उच्च , मूल्य बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
images
images
च्याङ्ग्राको माग उच्च , मूल्य बढ्यो
फाइल तस्बिर

अहिले मुस्ताङका अधिकांश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ। केही वर्ष अघिसम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच/सात सयमा झरेको छ। 

images
images

गलकोट- आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए। दसैँमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ। 

images
images

यसपटकको दसैँमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ ल्याए। जिल्लाका एक दर्जन व्यापारी दसैँका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन्। तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ। 

images
images

अहिले मुस्ताङका अधिकांश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ। केही वर्ष अघिसम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच/सात सयमा झरेको छ। 

images
images

मुस्ताङमै भेडा च्याङ्ग्राको मुल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए। 

'मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य ३२ हजार पर्‍यो, एक दुई हजार नाफा खानै पर्‍यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ' उनले भने, 'च्याङ्ग्रीलाई समेत १७ हजार बढी मूल्य पर्ने भएको छ, आठ दिनको हिडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगमी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुने छ ।' मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्गा लिएर आउँदै छन्। 

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी  १ हजार ८ सय रुपैयाँमा कारोबार शुरु भएको छ। हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ। अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भएपनि वडा दसैँमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ। रासस


प्रकाशित : आइतबार, असोज २४ २०७८०५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend