सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

महिला लघुवित्तले ४५ प्रतिशत बोनस सेयर दिने

आइतबार, असोज २४ २०७८
महिला लघुवित्तले ४५  प्रतिशत बोनस सेयर दिने

संस्थाले ४५ सेयर लाभांश दिने घोषणा गरेको छ भने कर प्रायोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने भएको छ। 

काठमाडौं- महिला लघुवित्त वित्तीय संस्थाले गएको आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

संस्थाले ४५ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ भने कर प्रायोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने भएको छ। 

असोज २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी १० करोडको ५ प्रतिशतले हुन आउने ५० लाख नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ। 

त्यस्तै ४५ प्रतिशत हुन आउने ४ करवड ५० लाख बराबरको ४ लाख ५० हजार कित्ता बोनस सेयर दिने समितिले निर्णय गरेको छ। 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि यो निर्णय लागू हुने छ। 

 


प्रकाशित : आइतबार, असोज २४ २०७८०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend