आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गुण एयरलाइन्सले सुरु गर्‍यो नेपालगञ्ज उडान

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २३ २०७८
गुण एयरलाइन्सले सुरु गर्‍यो नेपालगञ्ज उडान

गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार आइतबारदेखि नै अर्को गन्तव्य जनकपुरमा उडान सुरु गर्ने  र थप अन्य गन्तव्य सिमरा, सुर्खेत र बिराटनगरको लागि केही दिनमै उडाउने गरि तयारी गरिएको छ।

काठमाडौं- आन्तरिक हवाई  कम्पनी गुण एयरलाइन्सले ३० सिट क्षमताको जेटस्ट्रिम जहाजमार्फत शनिबारदेखि नेपालगञ्जको नियमित उडान सुरु गरेको छ। 

आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा , तुम्लिङटार र भैरहवामा पनि नियमित उडान सुरु गरेको थियो।

गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार आइतबारदेखि नै अर्को गन्तव्य जनकपुरमा उडान सुरु गर्ने  र थप अन्य गन्तव्य सिमरा, सुर्खेत र बिराटनगरको लागि केही दिनमै उडाउने गरि तयारी गरिएको छ।

दसैँ लक्षित गर्दै यात्रुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुविधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसैअनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा जाने थापा बताउँछन्। 

प्रकाशित : शनिबार, असोज २३ २०७८१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend