शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

सिट्रोनको विद्युतीय कार ई-सीथ्री जनवरीमा सार्वजनिक हुने, मूल्य १० लाख भारु

भारतमा सार्वजनिक भएलगत्तै नेपाल आउने

images
images
images
सिट्रोनको विद्युतीय कार ई-सीथ्री जनवरीमा सार्वजनिक हुने, मूल्य १० लाख भारु

त्यसबाहेक सिट्रोनले ल्याउन लागेको ई-सीथ्रीेले सस्तो मूल्यको विद्युतीय कार सेगमेन्टमा राम्रो स्पेस बनाउन सक्छ। 

images
images

काठमाडौं- फ्रान्सेली कार उत्पादन कम्पनी सिट्रोनले भारतीय बजारमा विद्युतीय कार ई-सीथ्री जनवरीमा सार्वजनिक गर्ने भएको छ। हाल भारतमै कार उत्पादन सुरु गरेको सिट्रोले शून्य प्रदूषण सवारीको माग बढ्दै गएकाले बजारको आवश्यकता अनुसार विद्युतीय कार ल्याएको हो।  

images
images
images

भारतमा विद्युतीय कारको माग बढ्दै गएकाले त्यसलाई क्यास गर्न सिट्रोनले विद्युतीय कार ल्याउने भएको हो। ग्रुप पीएसए अन्तर्गको ब्रान्ड सिट्रोन एसयूभी कार निर्माणमा चर्चित ब्रान्ड हो। भारतीय बजारमा सिट्रोनले सीफाइभ एयरक्रस प्रिमिय एसयूभी र बजारमा ठूलो संख्यामा बिक्री गर्न सीथ्री कार समेत सार्वजनिक गरिसकेको छ। 

images

तुलनात्मक रुपमा निक्कै प्रतिस्पर्धी मूल्यमा सिट्रोनले सीथ्री सार्वजनिक गरेको हो। ५ लाख ७१ हजार भारु मूल्यमा सार्वजनिक भएको सीथ्रीले मारुती सुजुकी इग्निस, टाटा पन्च, निसान म्यागनाइट तथा रेनो काइगरसँग प्रतिस्पर्धा गर्ने गरि आएको थियो। 

images

सोही सीथ्री प्लेटफर्ममा आधारित रहेर सिट्रोनले नयाँ विद्युतीय कार ई-सीथ्री ल्याउन लागेको हो। सिट्रोनले भारतको तामिलनाडूमा स्थापना गरेको कार उत्पादन प्लान्टबाट उतपादिन कार भारतसहित विश्व बजारमा बिक्री हुने थालेको छ। सिट्रोन कार बिक्रीलाई विश्वव्यापी बनाउन १ अर्ब डलरभन्दा बढी लगानी गर्ने घोषणा गरिसकेको छ। भारतपछि मध्यपूर्व तथा अफ्रिकी बजारमा समेत कार उत्पादन गर्ने तयारीमा सिट्रोन रहेको छ। 

images
images

भारतीय बजारमा सिट्रोनले सीयूभी, एमपीभी तथा एसयूभीका नयाँ मोडल सार्वजनिक गरेको छ। योसँगै कम्पनीले विद्युतीय कार बिक्री तथा उत्पादनलाई प्राथमिकता दिएको छ। 

२०२३ को जनवरीमा सिट्रोनको विद्युतीय कार ई-सीथ्री भारतीय बजारमा सार्वजनिक निश्चित भएको स्टेलेन्टिसका ग्लाबल सीईओ कार्लोस टाभारेसले बताएका हुन्। ई-सीथ्री ४० केडब्लूएच ब्याट्री प्याकसहित १० लाख भारतीय रुपैयाँमै सार्वजनिक हुने अनुमान गरिएको छ। 

भारतमा सस्तो मूल्यको विद्युतीय कार निक्कै कम रहेको छ। टाटा मोटर्सले टियागो ईभी जनवरीमै बिक्रीका लागि ल्याउने बताइसकेको छ। त्यसबाहेक सिट्रोनले ल्याउन लागेको ई-सीथ्रीेले सस्तो मूल्यको विद्युतीय कार सेगमेन्टमा राम्रो स्पेस बनाउन सक्छ। 

सिट्रोनका कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले सिट्रोनका कार आधिकारिक रुपमा आयात गर्दै आएको छ। कम्पनीले सिट्रोनको प्रिमियम एसयूभी सीफाइभ एयरक्रस नेपाली बजारमा उपलब्ध गराएको छ। 

त्यसै भारतमा हालै सार्वजनिक गरिएको निक्कै सस्तो मानिएको एसयूभी सीथ्री सरकारले आयात प्रतिबन्ध लगाएका कार आउन सकेको छैन। आयात प्रतिबन्ध हटेलगत्तै उक्त कार नेपाल आउने कम्पनीले जनाएको छ। सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै इन्धनबाट चल्ने सवारीको आयात गएको बैशाखदेखि यही मंसिर २८ सम्मका लागि प्रतिबन्ध लगाएको छ।

तर भारतमा ई-सीथ्री सार्वजनिक भएगलत्तै नेपाल ल्याउने जनाएको छ। विद्युतीय कारको आयातमा भने प्रतिबन्धात्मक व्यवस्था छैन। नेपाली बजारमा विद्युतीय कारको माग बढ्दै गइरहेको छ। त्यसैले सस्तो मूल्यमा आउने ई-सीथ्री विद्युतीय कार १ सय किलोवाटसम्म मोटर क्षमतामा आउने भएकाले नेपालमा समेत यो कार सस्तो मूल्यमा आउने छ। सरकारले १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा न्यून कर लगाउँदै आएको छ। युरोपियन ब्रान्डको सिट्रोन ई-सीथ्री नेपाली उपभोक्ता रोजाइमा पर्ने देखिन्छ। 

images

प्रकाशित : शनिबार, मंसिर १० २०७९०७:४८

प्रतिक्रिया दिनुहोस