बिहीबार , फागुन २९ गते २०८१    
बिहीबार , फागुन २९ २०८१
images
images

भिट्ठामोड भन्सार नाका खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २३ २०७८
images
images
भिट्ठामोड भन्सार नाका खुल्यो

दुवै देशको सहमतिपश्चात भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय चारचक्के गाडी भन्सार कटाएर नेपाल प्रवेश पाउन थालेका छन् भने नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले जनाएको छ। त्यसैगरी दुईपाङ्ग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन्।

images
images

जलेश्वर- कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) पुनः सञ्चालन गरिएको छ। गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको भन्सार नाका भिट्ठामोड शनिबार अपराह्न ४ बजेपछि सञ्चालन गरिएको मुख्य भन्सार कार्यालयले जनाएको छ।

images
images

दुवै देशको सहमतिपश्चात भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय चारचक्के गाडी भन्सार कटाएर नेपाल प्रवेश पाउन थालेका छन् भने नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले जनाएको छ। त्यसैगरी दुईपाङ्ग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन्।

images
images

भारतीय चारपाङ्ग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टाअघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। दुई पाङग्रेका हकमा सो व्यवस्था छैन। भन्सार खुलेसँगै सयौँको सङ्ख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन्। साथै कार, जीपजस्ता चारचक्के सवारी साधन अहिले फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन्।

images
images

लामो समयदेखि जिल्लाको मुख्य भन्सार नाका बन्द रहँदा महोत्तरीवासीलगायत सो नाका भएर भारत जाने धनुषा, सिन्धुलीसहितका व्यक्तिलाई निकै कठिनाइ भोग्नुपरेको थियो। रासस


प्रकाशित : शनिबार, असोज २३ २०७८१२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend