शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

लुम्बिनीमा बौद्ध विहार बनाउँदै बङ्गलादेश

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २३ २०७८
images
लुम्बिनीमा बौद्ध विहार बनाउँदै बङ्गलादेश

नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहार बनाउने गरी बङ्गलादेश सरकारका तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको सम्झौतापछि राजदूत चौधरीले बताए।

images
images

सिद्धार्थनगर- बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बुद्ध विहार बनाउने भएको छ। नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

images
images
images

नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहार बनाउने गरी बङ्गलादेश सरकारका तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको सम्झौतापछि राजदूत चौधरीले बताए।

images
images

उनले भने, 'नेपालमा बङ्गलादेशको बौद्ध विहार बनाउने पहिलो प्रोजेक्ट हो, यसलाई बङ्गलादेश सरकारले उच्च प्राथमिकता दिएर काम अगाडि बढाउनेछ, हामी जतिसक्दो छिटो काम सम्पन्न गर्नेछौँ, लुम्बिनी विकास कोषको ऐन, नियमभित्र रहेर हामी विहार निर्माण गर्नेछौँ।'

images
images

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याले लुम्बिनीसँग बङ्गलादेशको सम्बन्ध पुरानो भएको सन्दर्भ उल्लेख गर्दै सन् १९७२ मा गठित लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समितिमा समेत सदस्य राष्ट्रको हैसियतले बङ्गलादेशले खेलेको भूमिका प्रशंसनीय भएको बताए।

उनले वर्षमा विश्वभरिका करिब १५ लाख मानिसले अवलोकन गर्ने लुम्बिनीमा बङ्गलादेश सरकारद्वारा निर्माण हुने बौद्ध विहारले संसारका मानिसलाई बङ्गलादेश घुम्न जाने वातवरण पनि बनाउने बताए। उनले भने, 'बङ्गलादेश सरकारले बनाउने विहार हेरेपछि मानिसलाई बङ्गलादेश घुम्न जाने रहर जाग्नेछ।'

लुम्बिनीको पश्चिम क्षेत्रमा रहेको प्लट नम्बर डब्लुसीमा ८० बाई ८० मिटर क्षेत्रफलमा उक्त विहार बनाउने गरी बङ्गलादेशले सम्झौता गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए। भट्टाराईले भने, 'तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी महामहिम राजदूत चौधरी र हाम्रो कोषका उपाध्यक्षबीच सम्झौता भएको छ, हामीलाई विश्वास छ, यो योजना समयमै पूरा हुनेछ।'

लुम्बिनी विकास कोषको कार्यालयमा भएको सम्झौतापत्र हस्ताक्षर समारोहमा लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराई, कोषका कार्यसमिति सदस्यद्वय श्रीराम यादव र राजेश ज्ञवाली, लेखा प्रमुख नवल यादव, सूचना प्रमुख डा हरिध्वज राई, नेपालका लागि बङ्गलादेशी राजदूतावासका प्रथमसचिव मोहमद अलामगिर इस्लाम खान, राजदूतका पर्सनल अफिसर असम सद्धाकलगायतको उपस्थिति थियो।

अठार करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा करिब एक करोड जनताले बौद्धधर्ममा आस्था राख्ने गरेका छन्। बयानब्बे प्रतिशत मुस्लिम धर्मावलम्बी रहेको बङ्गलादेशले बुद्धधर्म संस्कृतिको सम्मानमा लुम्बिनीमा निर्माण गर्न थालेको बौद्ध विहारले संसारलाई राम्रो सन्देश दिने विश्वास कोषका सदस्य श्रीराम यादवले व्यक्त गरे। बङ्गलादेश सरकारले लुम्बिनीमा बौद्ध विहार बनाउने भएसँगै लुम्बिनीमा १८ देशको प्रतिनिधिमूलक ढङ्गले विहार निर्माण भएका छन्। रासस


प्रकाशित : शनिबार, असोज २३ २०७८११:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend