शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

माथिल्लो तामाकोशीले ७३ प्रतिशतले घाटा घटायो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
माथिल्लो तामाकोशीले ७३ प्रतिशतले घाटा घटायो 

माथिल्लो तामाकोशीले ७३ प्रतिशतले घाटा  कम गरेर ४ करोड १६ लाख रुपैयाँमा झारेको छ। कम्पनीको अघिल्ल्लो वर्ष घाटा १५ करोड ४० लाख रुपैयाँ रहेको थियो। भर्खरै उत्पादन सुरु भए पनि त्यसबापतको कमाइ वासलातमा नदेखिएका कारण माथिल्लो तामाकोशी घाटामा गएको देखिएको हो। 

काठमाडौं- माथिल्लो तामाकोशीले ७३ प्रतिशतले घाटा  कम गरेर ४ करोड १६ लाख रुपैयाँमा झारेको छ। कम्पनीको अघिल्ल्लो वर्ष घाटा १५ करोड ४० लाख रुपैयाँ रहेको थियो। भर्खरै उत्पादन सुरु भए पनि त्यसबापतको कमाइ वासलातमा नदेखिएका कारण माथिल्लो तामाकोशी घाटामा गएको देखिएको हो। 

कम्पनीमा नेपाल विद्युत प्राधिकरणमार्फत सरकारको १३ अर्ब रुपैयाँ दीर्घकालीन ऋण छ। यसबाहेक नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थाको १४ अर्ब रुपैयाँ दीर्घकालीन ऋण छ।

साथै प्राधिकरणको २ करोड रुपैयाँ अल्पकालीन ऋण छ। सर्वधारणलाई सेयर बिक्री गरिसकेको कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ  प्रति सेयर  नेटवर्थ ९२ रुपैयाँ रहेको छ।

२०६३ सालबाट निर्माण सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। आयोजना ४ सय ५६ मेगावट क्षमताको हुनेछ। घाटामा गएको कम्पनीले अझै कति वर्ष पनि लाभांश बाड्छ भन्ने टुंगो लागेको छैन।

नेप्सेमा सूचिकृत कम्पनीको अहिलेसम्म प्रतिकित्ता २१० रुपैयाँ देखि ९६२ रुपैयाँसम्म कारोबार भएको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०७८०६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend