आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २३ २०७८
बागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना

मकवानपुरमा रहेको प्रदेश कार्यालयले बागमती प्रदेशभित्रका जिल्लाहरूमा उपस्थिति बढाउनेछ। यसैगरी प्रदेशमा सहज औद्योगिक वातावरण सिर्जना गर्न प्रदेश कार्यालयले भूमिका खेल्नेछ। 

काठमाडौं- बागमती प्रदेशमा 'बागमती प्रदेश उद्योग परिसंघ' स्थापना भएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेश कार्यालयको उद्घाटन गरेका छन्। 

प्रदेश उद्योग परिसंघ स्थापनाको अवसरमा परिसंघका अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए। उनले औद्योगिक विकास विना अर्थतन्त्रको दीगो विकास असंभव रहेको बताए। 

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकास गर्न परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको भन्दै उनले यस अभियानलाई सफल बनाउन प्रदेशका सम्पूर्ण उद्योगीहरूलाई आग्रह गरे। परिसंघले सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको भन्दै उनले प्रदेशले पनि अब उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उल्लेख गरे। 

कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले हरेक प्रदेश र औद्योगिक घनत्व धेरै भएका जिल्लाहरूमा परिसंघले आफ्नो उपस्थिति बढाउँदै जाने उल्लेख गरे। बागमती प्रदेश उद्योग परिसंघका निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेले प्रदेश कार्यालय स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 

मकवानपुरमा रहेको प्रदेश कार्यालयले बागमती प्रदेशभित्रका जिल्लाहरूमा उपस्थिति बढाउनेछ। यसैगरी प्रदेशमा सहज औद्योगिक वातावरण सिर्जना गर्न प्रदेश कार्यालयले भूमिका खेल्नेछ। 

सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन
बागमती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षहरूमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट छन्। 

प्रदेश उद्योग परिसंघको सदस्यहरूमा शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, श्रृजन कोइराला, स्वागतराज प्याकुरेल, श्रीहरि मास्के, सुयशराज पराजुली र दुर्गाप्रसाद भण्डारी सदस्य छन्। यसैगरी डा प्रमोद लामिछाने, राजेन्द्रप्रसाद रिजाल, धिरजकुमार कार्की, विष्णुप्रसाद पौडेल, दिवस न्यौपाने र बद्रीनाथ शर्मा सदस्य भएका छन्। 


प्रकाशित : शनिबार, असोज २३ २०७८११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend