काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।