आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

‘पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने छ’

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २३ २०७८
‘पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने छ’

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री शर्माले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका हुन्। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन्।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री शर्माले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका हुन्। 

‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन। पहुँचका भरमा एउटाले फाइल ल्याउँछ। यहाँ स्कूल छ भन्छ, अनि पैसा लान्छ। त्यसको अर्थ छैन’, उनले भने, ‘त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाको लागि लगानी गर्नुपर्छ।’

शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा मन्त्री शर्माले जोड दिए। उनले कतिपय बिना परिणामका ‘फाइल’मा लगानी भइरहेको प्रति चिन्ता समेत व्यक्त गरे। ‘हामीले धेरै बाटो त खन्यौं। तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ’, शर्माले भने, ‘सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौं।’

मन्त्री शर्माले जनसंख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्ने समेत बताए। कहाँ, कति जनसंख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्ने उनको धारणा थियो। विद्यालय र विश्वविद्यालयहरूले राष्ट्रलाई परिणाम दिने खालको हुनुपर्ने मन्त्री शर्माको भनाइ छ। 


प्रकाशित : शनिबार, असोज २३ २०७८०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend