काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन्। थापा यही क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्।
थापाले २१ हजार २ सय ९४ भोट ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५३ मत ल्याएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ।