निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ। 'प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ', आयोगले भनेको छ, 'अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुरु गर्न प्रयास भइरहेको छ।'
प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।
यस्तै प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन्। यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।