आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने

शनिबार, असोज २३ २०७८
शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने

शिवम् सिमेन्टले २९ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले आगामी कात्तिक १६ गते साधारणसभा समेत बोलाएको छ।

काठमाडौं- शिवम् सिमेन्टले २९ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले आगामी कात्तिक १६ गते साधारणसभा समेत बोलाएको छ। सभाले चुक्ता पुँजीको २९ प्रतिशत नगद बाँड्ने गरी साधारणसभामा प्रस्ताव लैजान लागेको हो। 

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। कम्पनीले नगद बापत एक अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले बाँड्न लागेको लाभांश अहिलेसम्मकै उच्च हो।

कम्पनीले यसअघि २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। 


प्रकाशित : शनिबार, असोज २३ २०७८०७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend