बिहीबार , मंसिर १३ गते २०८१    
images
images

१७ प्रतिशत ब्याज पाउने प्रलोभनमा सुन पसलमा बचत; ८२ लाख ठगी गरेको आरोपमा सञ्चालक पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २ २०७९
images
images
१७ प्रतिशत ब्याज पाउने प्रलोभनमा सुन पसलमा बचत; ८२ लाख ठगी गरेको आरोपमा सञ्चालक पक्राउ

सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको र यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। 

images
images

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

images

बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द गरी फरार थिए। गत साउन १७ गतेदेखि फरार रहेका  राजु र  कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो।

images

उनीहरुले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको र यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २ २०७९०७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend