शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

दुई अर्ब घट्यो नेपाल टेलिकमको नाफा 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
दुई अर्ब घट्यो नेपाल टेलिकमको नाफा 

गएको वर्ष कम्पनीले  ३५ अर्व ९० करोड ३७ लाख ३३ हजार आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २८ करोडले धेरै हो। 

काठमाडौं- गएको आर्थिक वर्ष नेपाल टेलिकमको नाफा २ अर्बले घटेको छ। सेवा आम्दानी बढेपनि ब्याज आम्दानी घटेको तथा पूर्वाधारमा लगानी बढेकाले नाफा खुम्चिकएको कम्पनीले बताएको छ। 

गएको वर्ष कम्पनीले  ३५ अर्व ९० करोड ३७ लाख ३३ हजार आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २८ करोडले धेरै हो। 
 
कम्पनीले गएको वर्ष खुद नाफा  ७ अर्व ४५ करोड ४० लाख ८५ हजार आर्जन गरेको छ। अघिल्लो वर्ष  ९ अर्व ७४ करोड ८९ लाख ५६ हजार रहेको थियो 

सेवा आम्दानी बढ्दा पनि नाफा घट्नुमा कम्पनीले कोरोनाका कारण व्यापारमा परेको असर, बैंकबाट हुने ब्याज आम्दानीमा कमी, कोरोनाको समयमा सस्तोमा डेटा तथा भ्वाइस प्याकेज उपभोक्तालाई धेरै दिएका जस्ता करण उल्लेख गरेको छ। 

त्यस्तै कोरोनाकै समयमा इन्टरनेटमा आधारित एप्सबाट अन्तर्राष्ट्रिय सञ्चार हुने गरेकाले रोमिङ आम्दानीमा अत्याधिक गिरावट आएको कम्पनीले बताएको छ। 


प्रकाशित : आइतबार, साउन ३१ २०७८०६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend