काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि हुँदा चाँदीको भने घटेको छ। मंगलबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य ३० रुपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।