आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भौतिक पूर्वाधार मन्त्री यादवले भनिन् - अहिले भइरहेको काम बुझ्छु र प्राथमिकता छुट्याएर अघि बढ्छु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
भौतिक पूर्वाधार मन्त्री यादवले भनिन् -  अहिले भइरहेको काम बुझ्छु र प्राथमिकता छुट्याएर अघि बढ्छु

शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले अहिले गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताइन्। 

काठमाडौं- नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छिन्।

शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले अहिले गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताइन्। 

‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के के छ, प्राथमिकताको रुपमा म यो देशको लागि सर्वप्रथम आवश्यक चीज के के हुन् प्राथमिकताको रुपमा छुट्याउँछु र त्यो अनुसारले म काम अगाडि बढाउँछु’ संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्।

मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पूरापूर गर्ने बताइन्। 

प्रकाशित : शुक्रबार, असोज २२ २०७८१४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend