आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सरकारले स्वीकृत गर्‍यो सार्वजनिक खर्च मितव्ययी र प्रभावकारी बनाउने मापदण्ड

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
सरकारले स्वीकृत गर्‍यो सार्वजनिक खर्च मितव्ययी र प्रभावकारी बनाउने मापदण्ड

शुक्रबार बेलुका सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रीपरिषदका समितिहरूलाई पुनर्गठन गर्ने निर्णय गरेको हो।

काठमाडौं- मन्त्रिपरिषद्‍ बैठकले पूर्णता पाएपछि बसेको पहिलो मन्तिपरिषद्‍ बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गरेको छ। 

शुक्रबार बेलुका सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रीपरिषदका समितिहरूलाई पुनर्गठन गर्ने निर्णय गरेको हो।

बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमान्दारीका साथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशनसमेत दिए।

प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभएको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसको तर्फबाट नै प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताए। नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनले दाबी गरे। 

प्रकाशित : शुक्रबार, असोज २२ २०७८१३:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend