बिहीबार , मंसिर १३ गते २०८१    
images
images

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

images
मंगलबार, कात्तिक २९ २०७९
images
images
तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

सुरक्षा गस्तीका क्रममा अन्य स-सानो परिमाणका अवैध रुपमा भित्रिएका खाद्य वस्तु तथा लत्ताकपडासमेत बरामद गरी सुरक्षा टोलीले भन्सार कार्यालयमा बुझाउने गरेको उनको भनाइ छ।

images
images

राँझा- निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए।  

images
images
images

निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार नाकाबाट हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न खटिएको संयुक्त सुरक्षा टोलीले आइतबार राति बेतहनीमा अवैध रुपमा भित्रिएको तीन सय ५० बोरा गहुँसहित ट्रक नियन्त्रणमा लिइएको बताए।  

images

रातिको समयमा ग्रामीण बस्तीमा भेटिएको ट्रकलाई शंकाका आधारमा सोधपुछ गर्दा अवैध रुपमा भित्रिएको गहुँ फेला पारेपछि आइतबार रातिनै गहुँसहित उक्त ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

images

सुरक्षा गस्तीका क्रममा अन्य स-सानो परिमाणका अवैध रुपमा भित्रिएका खाद्य वस्तु तथा लत्ताकपडासमेत बरामद गरी सुरक्षा टोलीले भन्सार कार्यालयमा बुझाउने गरेको उनको भनाइ छ। 

अवैध गहुँसहित पक्राउ परेको ट्रकमा चार सय २० बोरा गहुँको बिल भए पनि भन्सार कार्यालयमा जाँच गर्दा तीन सय ५० बोरा मात्र गहुँ पाइएको नेपालगञ्ज भन्सार कार्यालय मुद्दा शाखाका प्रमुख पवन भट्टले जानकारी दिए। 'उक्त गहुँ कहाँबाट ल्याएको भन्ने थाह हुनसकेको छैन, आज बयान हुँदैछ',भट्टले भने। रासस


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend