काठमाडौं- सरकारले मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्य नजर गर्दै चार र पाँच गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारले बिदा दिने निर्णय गरेको जनाएको छ। यता विद्यालयहरुमा मतदान केन्द्र राखिने भएकाले विद्यालयहरु भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय सरकारले गरेको छ।