आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मनकामना केवलकारमा बढे यात्रु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
मनकामना केवलकारमा बढे यात्रु

मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या २ हजार ३ सय रहेको थियो। खुलेको पहिलो दिन भदौ २३ गते ५ सय हाराहारी रहेको सङ्ख्या क्रमशः बढ्दै गएको हो। गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो। 

चितवन- कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा अहिले यात्रुको चाप बढ्दै गएको छ। गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा दसैँको नौरथा लागेसँगै यात्रुको चाप बढेको हो। 

मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या २ हजार ३ सय रहेको थियो। खुलेको पहिलो दिन भदौ २३ गते ५ सय हाराहारी रहेको सङ्ख्या क्रमशः बढ्दै गएको हो। गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो। 

कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताए। विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन ८ हजार ८ सयसम्म यात्रुले केवलकार चढेको तथ्याङ्क छ।

चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ। त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन्। भारतीय पर्यटक आइनसकेकाले सङ्ख्या धेरै बढेको छैन। भारतीय पर्यटक आएसँगै यो सङ्ख्या बढेर जाने शेरचनले बताए। रासस 

प्रकाशित : शुक्रबार, असोज २२ २०७८१३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend