काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी ५ रुपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुुनको मूल्इ प्रतितोला ६ सय रुपैयाँ बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य १३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।