शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

१५ करोड १८ लाख कित्ता आईपीओ निष्कासनको अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
१५ करोड १८ लाख कित्ता आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले १५ अर्ब १८ करोड बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ। बोर्डले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड १८ लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति दिएको हो। 

काठमाडौं- नेपाल धितोपत्र बोर्डले १५ अर्ब १८ करोड बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ। बोर्डले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड १८ लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति दिएको हो। 

बोर्डले गत वर्ष नै २३ अर्ब ४ करोड बराबरको ऋणपत्र तथा १४ अर्ब ५ करोड बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति समेत दिएको छ। बोर्डले ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा १६ वाणिज्य बैंक, ४ विकास बैंक र १ वित्त कम्पनी गरी २१ बैंक तथा वित्तीय संस्थाहरुले ६९ अर्ब ६० करोडको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन्। २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमार्फत १०० अर्ब ३८ करोड वित्तीय साधन परिचालन भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 

२०७७ असार मसान्तमा १,३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २,८८३.४ कायम भएको छ। त्यसैगरी बजार पुँजीकरण २०७७ असार मसान्तमा  १,७९२ अर्ब ७६ करोड रहेकोमा २०७८ असार मसान्तमा १२३.७ प्रतिशतले वृद्धि भई ४,०१० अर्ब ९६ करोड कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०७८०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend