काठमाडौं- इन्टरनेट सेवाप्रदायकहरूले काठमाडौं उपत्यकामा तारको व्यवस्थान गरिरहेका छन्। कामै नलाग्ने तार पनि पोलमा झुन्डिँदा फोहर देखिएको भन्दै काठमाडौं महानगरले चासो दिएको थियो।
महानगर र इन्टरनेट सेवाप्रदायकहरूबीचमा यस विषयमा छलफल पनि भएको थियो। सोही छलफल अनुसार नै व्यवसायीले काठमाडौं उपत्यकामा तारको व्यवस्थापन गरिरहेका छन्।
सहरी सौन्दर्याता र जोखिम न्युनीकरणका लागि काठमाडौंसँगै देशभरका तार व्यवस्थापन सुरु गरिएको इन्टरनेट सेवा प्रदायक संघले जानकरी दिएको छ।
संघले पहलमा अहिले चरणबद्ध रुपमा तारको व्यवस्थापन भइरहेको छ।