मंगलबार, वैशाख ११ गते २०८१    
images
images

४० हजार मेट्रिक टन मल चीनमै रोकियो

images
बिजनेस न्युज
images
images
४० हजार मेट्रिक टन मल चीनमै रोकियो

रासायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो।

images
images

चौतारा- कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिक टन रासायनिक मल पैठारी हुन सकेको छैन। हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले बताए।

images
images
images

समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो। चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधान मन्त्रीसमेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नुपरेको अध्यक्ष शेर्पाले आरोप लगाए।

images

रासायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो।

images

त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए।

images
images

सरकारले भारत र बङ्गलादेशबाट मात्र रासायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट टेडिङ कम्पनीमार्फत चार हजार मेट्रिकटन युरिया मल झिकाएको थियो। रासस

images

प्रकाशित : शुक्रबार, असोज २२ २०७८१२:१४
प्रतिक्रिया दिनुहोस