काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँ बढेको हो।
बिहीबार छाापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारबोर भएको थियो। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।