काठमाडौं-गैर आवासीय नेपाली संघका उपमहासचिव विनय अधिकारीले कार्यकारी अध्यक्ष रविना थापाको अमपान गरेको भन्दै महासचिव गौरीराज जोशीको राजीनामा मागेका छन्।
थापाको टिमबाट उपमहासचिव बनेका अधिकारीले आफूले महासचिवको पद त्यागेर सहमतिको लागी बाधक नबनेको तर अहिले महासचिव जोशीले अध्यक्ष थापामाथि महिला भएकै कारण अपमान गरेको भन्दै विरोध गरेका हुन्।
अधिकारीले महासचिव जोशीले कार्यकारी अध्यक्ष थापालाई अपमान गर्दै अन्तिम समयमा विना जानकारी एक्लौटी ढंगले बैठक स्थगन गरेको र महासचिवको अधिकार क्षेत्र मिचेको बताएका छन्। अधिकारीले दुवै जना महासचिवको असक्षमताको कारण सिंगो कार्यसमितिलाई अनिर्णयको बन्दी बनीरहेको बताए।
उनले महासचिवहरुलाई राजीनामा दिन चेतावनी दिर्दै नभए महासचिवको जिम्मेवारीबाट हटाएर आफू रविना थापाको ६ महिने कार्यकालमा महासचिवको जिम्मेवारी लिन तयार रहेको र अब धेरै समय कुरेर नबस्ने बताए। उनले भने, ‘महासचिवको काम संस्थालाई ब्यवस्थित बनाउने र कार्यलय संचालन चुस्त दूरुस्त बनाउने हो,’ ।