मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

स्कीलअपबाट दीक्षित १२ जनालाई रोजगारी 

images
बिहीबार , कात्तिक २४ २०७९
images
images
स्कीलअपबाट दीक्षित १२ जनालाई रोजगारी 

आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम सके पछि सिफारिस गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन्। 

images
images

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ। 

images
images
images

दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरी रहेका सिप्रदीका च्यानल पार्टनरहरु, आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम सके पछि सिफारिस गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन्। 

images
images

कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र  दिएका थिए। समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उत्पादन गरिएका टेक्निसियनहरु नवीनतम प्रविधिका टाटा गाडीहरुसमेत मर्मत सम्भार गर्न सक्षम रहेकाले टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउने बताए। 

images
images
images

सन् २०१२ मा स्थापना भएको सिप्रदी सहायता संस्था गैरनाफामुलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू संचालन गर्नका लागि सिप्रदी सहायता संस्थाको स्थापना गरिएको हो।

संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्यसमेत लिएको छ।

यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनस्र्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २४ २०७९११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend