काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको भने घटेको छ। बुधबार भने एकै दिन सुनको मूल्य १४ सय रुपैयाँ बढेको थियो।
बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि पनि छापावाल सुनको मूल्य त्यति नै कायम भएको छ।
यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।