मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

मंसिर ४ गतेसम्म आन्दोलन स्थगित गर्न उद्योग वाणिज्य महासंघको आग्रह 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २३ २०७९
images
images
मंसिर ४ गतेसम्म आन्दोलन स्थगित गर्न उद्योग वाणिज्य महासंघको आग्रह 

व्यवसायीहरूले उठाएका मुद्दाका बारेमा महासंघले राष्ट्र बैंक तथा सरकारसँग निरन्तर उठाइरहने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले मंसिर चार गतेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअघि कुनै पनि आन्दोलन नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।

images
images
images

देशका विभिन्न सहरमा व्यवसायीहरूले बढ्दो ब्याजदरका विरुद्ध आन्दोलन गरिरहेका छन्। ब्याजदर नियन्त्रण हुनुपर्ने, नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा कार्यविधि स्थगति गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन्। 

images
images

महासंघ मातहतका च्याप्टर तथा संस्थाहरू पनि अहिले आन्दोलनमा छन्। 

images
images
images

महासंघले आज विज्ञप्ति जारी गर्दै बजार अर्थतन्त्रका लागि चुनाव महत्वपूर्ण भएकाले आन्दोलन स्थगित गर्न आग्रह गरेको छ। 

'तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गर्दछ । तर यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको बिषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ' विज्ञप्तिमा उल्लेख गरिएको छ। 

व्यवसायीहरूले उठाएका मुद्दाका बारेमा महासंघले राष्ट्र बैंक तथा सरकारसँग निरन्तर उठाइरहने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। 


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend