मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

प्रधानमन्त्री देउवाको चुनावी वाचा : झुलाघाटमा पुल बनाएरै छाड्छु 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २३ २०७९
images
images
प्रधानमन्त्री देउवाको चुनावी वाचा : झुलाघाटमा पुल बनाएरै छाड्छु 

'झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु। पश्चिमसेती परियोजना अघि बढेको छ। पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ।'

images
images

बैतडी- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन्। बुधबार संयुक्त लोकतान्त्रिक-वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए।

images
images
images

पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताए। उनले भने, 'झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु। पश्चिमसेती परियोजना अघि बढेको छ। पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ।'

images
images

उनले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे। एक अर्को प्रसङ्गमा उनले विकासमा सन्तुलन कायम गर्न सङ्घीयता आवश्यक रहेकामा जोड दिए। 

images
images
images

अध्यक्ष ओलीलाई दाहालको प्रश्न : फेरि संविधान मिच्न बहुमत चाहियो?

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताए। 'आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो। जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ। अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ। अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ।'

अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गरे। उनले भने, 'म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो। उतिबेलादेखि नै माओवादी र कांग्रेसबीच सहकार्य भएको हो।' रासस


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९१२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend