काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको हो। बुधबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।