शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

उच्च ग्राउन्ड क्लियरेन्ससहितको नयाँ विद्युतीय कार ल्याउँदै सीजी मोटर, यस्ता छन् विशेषता 

images
images
उच्च ग्राउन्ड क्लियरेन्ससहितको नयाँ विद्युतीय कार ल्याउँदै सीजी मोटर, यस्ता छन् विशेषता 

यो सानो ईभीमा फोर ह्वील ड्राइभ अप्सन समेत आउनेछ। देख्दा आकर्षक र शक्तिशाली ब्याट्री क्षमताका साथ आउने मिनी कार ४ सिट क्षमताको हुनेछ।

images
images

काठमाडौं- विद्युतीय कारप्रति उपभोक्ताको चासो बढेसँगै नयाँ नयाँ ब्रान्ड भित्रने क्रम बढेको छ। यस्तैमा चौधरी समूह अन्तर्गतको सीजी मोटरले नयाँ चिनियाँ ब्रान्डको विद्युतीय कार ल्याएको छ। 

images
images
images

सीजी मोटरले चीनको चर्चित स्टार्टअप ह्वाजी अटोमोबाइलले उत्पादन गरेको आकर्षक मिनी ईभी नेपाल बजारमा भित्र्याउने भएको हो। कम्पनीले सिटी कारको रुपमा उपयुक्त हुने ‘जीयाङ्सु ह्वाजी अटा’ले उत्पादन गरेको विभिन्न मोडलका मिनी ईभी नेपाल ल्याउने निश्चित भएको जनाएको छ। 

images

सीजी मोटर र ह्वाजी अटोबीच केही समयअघि नेपालमा आधिकारिक बिक्रेताको सम्झौता भएको थियो। सोहीअनुसार अबको केही समयभित्रै मिनी विद्युतीय कार नेपाली बजारमा उपलब्ध हुनेछ। 

images
inside.jpg

यो सानो ईभीमा फोर ह्वील ड्राइभ अप्सन समेत आउनेछ। देख्दा आकर्षक र शक्तिशाली ब्याट्री क्षमताका साथ आउने मिनी कार ४ सिट क्षमताको हुनेछ।  उक्त मिनी ईभी १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याकमा उपलब्ध हुनेछ। 

images
images

सो कारमा रहेको ब्याट्रीले एकपटक फुल चार्जमा २ सय २५ किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ। अगाडि र पछाडि दुवैतर्फ विद्युतीय मोटर जडान भएको कारमा २४ किलोवाट क्षमताको मोटर छ। कारको उच्च गति १ सय किलोमिटर प्रतिघण्टासम्म रहेको छ।

huazi logo.jpg

मिनी कार भएर पनि यसमा ठूलो कारमा सहर ह्वील उपलब्ध छ। सामान्यतया मिनी कारहरुमा १२ देखि १३ इन्चको ह्वीलमा आउने गरेको छ। तर यो कारमा १५ इन्चको ठूलो ह्वील छ। ठूलो ह्वीलमा उपलब्ध हुने भएकाले यो मिनी कार नेपाली बाटोका लागि निक्कै उपयुक्त हुने विश्वास कम्पनीको छ। 

आकर्षक रेट्रो डिजाइनमा रहेको ह्वाजीको मिनी कारमा दुईवटा राउन्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउन्ड आकारमै दिइएको डीआरएललाइट उपलब्ध रहेको छ।  कारको वाहिरी आवरणमा आकर्षक क्लियर एज र कर्नर रहेको छ । अगाडि र पछाडि आकर्षक डिजाइन लाइनले यो कारलाई एसयूभी जस्तै देखिनेछ। त्यसैले पनि नेपाली उपभोक्ताको रोजाइमा यो विद्युतीय कार पर्ने छ। नेपालमा क्रसओर तथा एसयूभी सेगमेन्टका कार रोज्नेको संख्या ज्यादै ठूलो रहेको छ। 

म्युजिक सिस्टम, एयर कन्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा व्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम रहेको छ। यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट उपलब्ध हुनेछ। 

insid.jpg

यो मिनी कारको महत्वपूर्ण पक्ष ग्राउन्ड क्लिरेन्स हो। नेपालमा ग्राउन्ड क्लियरेन्स धेरै भएको कार बढी रुचाइन्छ। मिनी कार हुँदा पनि ह्वाजीको कारमा राम्रो क्लियरेन्स (कम्तिमा १८० एमएम) भएकाले पनि धेरैको रोजाइमा पर्नेछ। 

सीजी मोटर्स हाल होजोन अटोले उत्पादन गरेको निटा भी ब्रान्डका कार बिक्री गर्दै आएको छ। यो कार नेपाल आएयता धेरै उपभोक्ताको रोजाइमा पर्दै आएको छ। त्यस्तै कम्पनीले अर्को चिनियाँ ब्रान्ड चाङगनको मिनि भ्यान बजारमा ल्याउने ल्याइसकेको छ। सीजी मोटरले भारतको चर्चित दुईपांग्रे विद्युतीय स्कुटर ओला ब्रान्ड समेत नेपाल भित्र्याइसकेको छ। अबको केही समयभित्रै यो स्कुटर बिक्रीमा ल्याउने बताएको थियो। 

यो कार करिब २० लाख रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ। सीजी मोटरले नयाँ विद्युतीय कारमा पनि ८ वर्ष वारेन्टी दिने बताएको छ। 

कारको मुख्य विशेषता 

लम्बाई- ३४४४ एमएम

उचाई- १५३५ एमएम

चौडाई- १५५० एमएम

ह्वीलवेस- २३५० एमएम 

अधिकतम गति- १ सय किलोमिटर प्रतिघण्टा 

मोटर- रेटेड १२ केडब्लू, पिक २५ केडब्लू

रेन्ज- २ सय २५ किलोमिटर 

सिट क्षमता- ४

ग्राउन्ड क्लियरेन्स- १८० एमएम

मिनिमम् टर्निङ रेडियस- ९.५ मिटर

images

प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०४:५६

प्रतिक्रिया दिनुहोस