काठमाडौं- फिफा विश्वकपका प्रत्यक्ष प्रसारण हेर्नका लागि अतिरिक्त शुल्क लिने भनेर एउटा कम्पनीले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
फुटबल खेलका प्रत्यक्ष प्रासरण हेर्नका लागि प्रति ग्राहक ५ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने भन्दै मिडिया हबले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले उपभोक्ताबाट अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वय नगरि यथास्थतितिमै राख्न आदेश दिएको हो।
यस बारेमा अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा कात्तिक २७ गतेका दुबै पक्षमा छलफलका लागि बोलाइएको छ।