काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको भने स्थिर रहेको छ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँमा सीमित भएको छ।
यता चाँदीको मूल्य भने स्तिर देखिएको छ। मंगलबारका लागि चाँदीको मूल्य १२ सय ६५ रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।