शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एनसीसी बैंकको नाफा १४.६८ प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
एनसीसी बैंकको नाफा १४.६८ प्रतिशतले बढ्यो

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकले आर्थिक वर्ष २०७७\७८ अघिल्लो वर्ष भन्दा १४.६८ प्रतिशत नाफा बढाएको छ।  बैंकले  १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब १० करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

काठमाडौं-  नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकले आर्थिक वर्ष २०७७\७८ अघिल्लो वर्ष भन्दा १४.६८ प्रतिशत नाफा बढाएको छ।  बैंकले  १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब १० करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

वितरणयोग्य मुनाफा भने जम्मा २.१२ प्रतिशत बढेर ७१ करोड ४७ लाख ५९ हजार रुपियाँ रहेको छ। यसको कुल सञ्चालन मुनाफा १२.३२ प्रतिशत बढेर चार अर्ब ५३ करोड ५ लाख ८२ हजार रुपियाँ रहेको छ।

गत आवसम्ममा बैंकले चुक्ता पुँजी १०.२७ प्रतिशत बढाएको छ। यस्तो पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ पुगेको छ। यसको जगेडा कोष १२.१७ प्रतिशत बढेर चार अर्ब २७ करोड तीन लाख ९२ हजार रुपैयाँ रहेको छ।

बैंकले निक्षेप ४६.४९ प्रतिशत बढेर एक खर्ब ६ अर्ब ६६ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने कर्जा ४५.३९ प्रतिशत बढेर ९४ अर्ब ५३ करोड ७६ लाख ५० हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ४७ पैसा बढेर १२ रु ३२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०७८०५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend