बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

एनसीसी बैंकको नाफा १४.६८ प्रतिशतले बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
images
images
एनसीसी बैंकको नाफा १४.६८ प्रतिशतले बढ्यो

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकले आर्थिक वर्ष २०७७\७८ अघिल्लो वर्ष भन्दा १४.६८ प्रतिशत नाफा बढाएको छ।  बैंकले  १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब १० करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

images
images

काठमाडौं-  नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकले आर्थिक वर्ष २०७७\७८ अघिल्लो वर्ष भन्दा १४.६८ प्रतिशत नाफा बढाएको छ।  बैंकले  १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब १० करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

images
images

वितरणयोग्य मुनाफा भने जम्मा २.१२ प्रतिशत बढेर ७१ करोड ४७ लाख ५९ हजार रुपियाँ रहेको छ। यसको कुल सञ्चालन मुनाफा १२.३२ प्रतिशत बढेर चार अर्ब ५३ करोड ५ लाख ८२ हजार रुपियाँ रहेको छ।

images
images

गत आवसम्ममा बैंकले चुक्ता पुँजी १०.२७ प्रतिशत बढाएको छ। यस्तो पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ पुगेको छ। यसको जगेडा कोष १२.१७ प्रतिशत बढेर चार अर्ब २७ करोड तीन लाख ९२ हजार रुपैयाँ रहेको छ।

images
images

बैंकले निक्षेप ४६.४९ प्रतिशत बढेर एक खर्ब ६ अर्ब ६६ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने कर्जा ४५.३९ प्रतिशत बढेर ९४ अर्ब ५३ करोड ७६ लाख ५० हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ४७ पैसा बढेर १२ रु ३२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०७८०५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend