शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

साउदी अरबले तेल बेचेको पैसाले आफ्नै विद्युतीय सवारी ब्रान्ड ल्याउँदै

बीएमडब्लू र फक्सकनसँग साझेदारी गर्ने

images
सोमबार, कात्तिक २१ २०७९
images
साउदी अरबले तेल बेचेको पैसाले आफ्नै विद्युतीय सवारी ब्रान्ड ल्याउँदै

सेर ब्रान्डले २०३४ सम्म साउदी अरबको कुल ग्राहस्त उत्पादन ८ अर्ब डलर प्रत्यक्ष योगदान पुर्‍याउने दाबी गरेको छ। साउदी अरबको पीआईएफ फन्डले लगानी गर्ने सेर ब्रान्डले सुरुवातमै १५ करोड डलरभन्दा बढी एफडीआई ल्याउनेसमेत बताएको छ।

images
images

काठमाडौं- जीवास्म इन्धन उत्पादनमा संसारकै ठूलोमध्येको एक साउदी अरबले आफ्नै ब्रान्डको विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको छ। साउदी अरबले गएको साता आफ्नो मुलुकले आफ्नै ब्रान्डको विद्युतीय कार उत्पादन गर्ने बताएको हो। 

images
images
images

साउदी अरबले विद्युतीय कार ब्रान्ड स्थापना गरेर कार उत्पादन गर्न जर्मन विलासी कार उत्पादक बीएमडब्लू र फक्सकनसँग साझेदारीसमेत गरिसकेको छ। विद्युतीय सवारीको युग सुरु भइसकेकाले सबैभन्दा ठूलो आयस्रोत पेट्रोलियम पदार्थ भएको मुलुक साउदी अरबले समेत आफ्नै ब्रान्डको विद्युतीय सवारी बनाउने घोषणा गर्ने अवस्था आएको हो। 

images
images

विद्युतीय सवारीको स्वीकार्यता र उपभोग तीब्र गतिमा बढी रहेको छ। अवस्था यस्तो आइसक्यो कि अब कुनै पनि कारण वा बहानाले विद्युतीय सवारीको विकल्पमा संसारका कुनै पनि देश वा कम्पनीले पेट्रोलियम सवारीबारे वकालत गर्न सक्ने छैनन्। त्यसैले पनि सााउदी अरबले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको हो। 

images
images

साउदी अबरका साथै त्यहाँका तेल कम्पनीहरु नै पनि विद्युतीय सवारीको पूर्वाधार (चार्जिङ स्टेसन) निर्माणमा लागि परेका छन्। तेल कम्पनी बीपी तथा सेलले विद्युतीय सवारी चार्जिङका लागि लगानी गर्न थालिसकेका छन्। 

साउदी अरबको ‘साउदी अरेबियन सोभरिन वेल्थ फन्ड’ (पीआईएफ)ले नयाँ ईभी ब्रान्डमा लगानी गर्ने छ। उक्त फन्डले यसअघि लुसिड मोटरको साउदी अरबमा बन्ने प्लान्टमा समेत लगानी गर्ने बताएको थियो। त्यस्तै सउदी राजपरिवारका सदस्यले अमेरिकी विद्युतीय सवारी उत्पादक टेस्ला इंकमा समेत लगानी गरेका छन्। त्यसका बावजुत साउदी अरबले आफ्नै ब्रान्ड ‘सेर’ नामक विद्युतीय कार उत्पादन कम्पनी बनाउने घोषणा गरेको हो।

साउदी राजकुमार, प्रधानमन्त्री तथा पब्लिक इनभेस्टमेन्ट फन्ड (पीआईएफ)का अध्यक्ष मोहमद बिन सलमान बिना अब्लुलाजिज्ले सेर ब्रान्डको आफ्नै विद्युतीय सवारी ब्रान्डले अटोमोबाइल उत्पादन क्षेत्रमा केहीन केही योगदान गर्ने बताएका छन्। साउदीको भिजन २०३० लाई तथा देशको अर्थभन्त्रमा योगदान पुग्ने गरि आफ्नै नयाँ ब्रान्ड विद्युतीय सवारी उत्पादन गर्न लागेको राजकुमारले ब्रान्ड सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा बताएका हुन्। 

ताइवानी ब्रान्ड फक्सकन तथा जर्मनी ब्रान्ड बीएमडब्लूले क्रमशः उत्पादन तथा प्रविधिमा सहयोग गर्ने सम्झौता साउदी अरबले गरिसकेका छ। 

सेर ब्रान्डले सुरुमा कस्तो विद्युतीय सवारी बजारमा ल्याउने भन्ने बताएकोृ छैन। तर कम्पनीले २०२५ मा पहिलो उत्पादन बजारमा ल्याउने दाबी भने गरेको छ। 

सेर ब्रान्डले २०३४ सम्म साउदी अरबको कुल ग्राहस्त उत्पादन ८ अर्ब डलर प्रत्यक्ष योगदान पुर्‍याउने दाबी गरेको छ। साउदी अरबको पीआईएफ फन्डले लगानी गर्ने सेर ब्रान्डले सुरुवातमै १५ करोड डलरभन्दा बढी एफडीआई ल्याउनेसमेत बताएको छ। 

गत महिना साउदी अरबले २०२६ भित्र देशबाट १ लाख ५० हजार विद्युतीय सवारी निर्यात गर्ने घोषणा गरेको थियो। सेर ब्रान्डसहित लुसिड तथा अन्य ब्रान्डले समेत साउदी अरबमा विद्युतीय सवारी उत्पादन गर्ने विश्वास साउदीको छ। 

Saudi Ceer ev brand.PNG

अमेरिकी स्टार्टअप लुसिडको साउदी अबर योजना

अमेरिकी विद्युतीय कार स्टार्टअप कम्पनी लुसिडले साउदी अरेबियामा कार उत्पादन गर्ने घोषणा करिब १ वर्षअघि गरेको थियो। कम्पनीले साउदीमा एसेम्बल प्लान्ट स्थापना गर्ने बताएको थियो। अमेरिकापछि लुसिडले अन्य देशमा स्थापना गर्न लागेको पहिलो र कम्पनीको दोस्रो कार उत्पादन प्लान्ट हुनेछ। 

साउदी अरेबियामा बन्ने प्लान्टमा लुसिड ग्रुपले १ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्ने छ। साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ)सँग समन्वय गरिरहेको लुसिड ग्रुपले साउदीलाई आधारित बनाएर उच्च प्रविधियुक्त सवारीसाधन उत्पादन गर्ने छ। विश्वव्यापी रुपमा हुने विद्युतीय कारको मागलाई सम्बोधन गर्ने गरि लुसिडले काम गर्ने सहमती भएको छ। 

विद्युतीय कार उत्पादक लुसिड ग्रुपले साउदी अरबमा कार उतपादन गर्न त्यहाँको लगानी मन्त्रालय, साउदी औद्योगिक विकास फन्ड र  किङ अब्दुल्लाह इकोनोमिक सिटीसँग सम्झौता गरेको हो। किङ अब्दुल्लाह इकोनोमिक सिटीमा साउदी बाहेकको पहिलो उत्पादन प्लान्ट स्थापना गर्ने कम्पनी लुसिड ग्रप बनोको थियो। 

लुसिडले साउदी अरेबियामा बन्ने प्लान्टबाट वार्षिक १ लाख ५० हजार कार उत्पादन गर्ने बताएको थियो। लुसिडको अमेरिकाको एरिजोनामा रहेको प्लान्टबाट वार्षिक ३४ हजार कार उत्पादन हुने क्षमता छ। लुसिडले उक्त प्लान्टको फेज-२ अन्तर्गत हुने विस्तारबाट वार्षिक कार उत्पादन क्षमता ९० हजार वटाले बढाउने बताएको थियो।  

एरिजोनामै लुसिडले वार्षिक रुपमा ३ लाख ६५ हजार कार उत्पादन क्षमता हुने गरि विस्तार गर्ने योजना समेत बनाएको इनसाइडइभीज्ले लेखेको थियो। लुसिडले बनाएको योजनाअनुसार काम भए कम्पनीले विश्वभर स्थापना गर्ने सबै प्लान्टबाट वार्षिक ५ लाख कार उत्पादन हुने छन्। 

साउदीमा बन्ने प्लान्टबाट सुरुमा स्थानीय बजारलाई लक्षित गरि कार उत्पादन गर्ने लुसिडले जनाएको छ। योसँगै लुसिडले साउदी प्लान्टलाई पूर्णरुपमा सञ्चालन गरेर एसिया क्षेत्रमा निर्यात गर्नेछ।

लुसिडले साउदी अरेबियामा २०२२ को मध्यतिरबाट प्लान्टको निर्माण थालेको जनाएको छ। २०२५ भित्र प्लान्ट बनेर कार उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ। 


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend