आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्रतिनिधि सभाबाट रेल्वे विधेयक अस्वीकृत 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
प्रतिनिधि सभाबाट रेल्वे विधेयक अस्वीकृत 

राष्ट्रिय सभाबाट पारित भएको विधेयक अस्वीकृत गर्न कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेस गरेका थिए। संसदमा प्रतिपक्षको नाराबाजीकै बीच अस्वीकृत गर्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। 

काठमाडौं- केपी ओली सरकारले ल्याएको रेलसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ। राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयक प्रतिनिधि सभामा अस्वीकृत गर्न प्रस्ताव पेस भएको थियो। जुन प्रस्ताव बहुमतले पारित भएको छ।

यो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो। राष्ट्रिय सभाबाट पारित भएको विधेयक अस्वीकृत गर्न कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए। संसदमा प्रतिपक्षको नाराबाजीकै बीच अस्वीकृत गर्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। 


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend