काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला १४ सय र चाँदी ५० रुपैयाँले बढेको हो।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँ बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।