काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य भने बढेको छ।
बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १२ सय २५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।