आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

टायरको हावा खुस्किँदा बुद्धको सिमरा-काठमाडौं उडान २ घण्टा डिले

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
टायरको हावा खुस्किँदा बुद्धको सिमरा-काठमाडौं उडान २ घण्टा डिले

बिहान साढे ९ बजे ल्याण्ड हुने पर्ने जहाज ढिला गरी सिमरा विमानस्थलमा पुगेको थियो। समस्या आएको जहाज अहिले  मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। 

काठमाडौं- काठमाडौंबाट सिमरा उडान गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखा परको छ। सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायर फ्ल्याट (टायरको हावा खुसकिएको) भएको हो। 

अवतरणपछि जहाजलाई पार्किङतिर लैजाने क्रममा टायरको हावा खुस्किएको हो। जहाजमा समस्या आएपछि सिमरा काठमाडौं उडानसमेत डिले भएको छ। अहिले काठमाडौंबाट अर्को जहाज लगरे यात्रुललाई काठमाडौं ल्याउने तयारी भएको छ।

बिहान साढे ९ बजे ल्याण्ड हुने पर्ने जहाज ढिला गरी सिमरा विमानस्थलमा पुगेको थियो। समस्या आएको जहाज अहिले  मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। 

प्रकाशित : शुक्रबार, असोज २२ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend